सुडानको राजधानीमा प्रचण्ड गर्मी र विद्युत कटौतीका कारण जनजीवन कष्टकर

  • आइबार​ १७ साउन २०८३ ०४:०२ AM
एजेन्सी । लामो समयदेखि युद्धको चपेटामा परेर तङ्ग्रिने प्रयास गरिरहेको सुडानको राजधानी खार्तुममा यति बेला प्रचण्ड गर्मी र अनियन्त्रित विद्युत् कटौतीले जनजीवन थप भयावह बनाएको छ । विद्युत् अभावका कारण खाद्य भण्डारण, स्वास्थ्य सेवा र व्यावसायिक गतिविधिहरूमा गम्भीर अवरोध सिर्जना भएको छ । खार्तुमको दक्षिणी भेगका बासिन्दाहरू विद्युतीय उपकरण चल्न छोडेपछि गर्मीबाट बच्न घरबाहिर र