हरकपुर नाकाबाट भारततर्फ लैजाँदै गरिएका गोरु प्रहरीको नियन्त्रणमा
आइबार १७ साउन २०८३ ०२:५२ AM
विराटनगर : मोरङको धनपालथान गाउँपालिका–७ हरकपुर नाका भएर नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका चारवटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार राति करिब १०ः३० बजेतिर नियमित गस्तीमा रहेको प्रहरी टोलीले गोरु नियन्त्रणमा लिएको हो ।