कर्णाली । कोदो बालीको संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन भन्ने मूल नाराका साथ ‘दोस्रो राष्ट्रिय कोदो दिवस २०८३’ कर्णालीमा पनि भव्यताका साथ सम्पन्न गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा विभिन्न साझेदार सङ्घसंस्थाहरूको सहकार्यमा शनिबार सुर्खेत वीरेन्द्रनगरमा सम्पन्न दिवसका वक्ताहरूले कोदोप्रतिको दृष्टिकोण बदल्नुपर्नेमा जोड दिइएको