प्रधानमन्त्रीले सक्रियता देखाउँदा पनि सेयर बजार घट्दो लयमा

  • आइबार​ १७ साउन २०८३ ०८:०१ AM
काठमाडौं : सेयर बजारको निरन्तर घट्दो लय कहिले फर्कन्छ अनुमान लगाउन गाह्रो छ। आशै आशामा रहेका लगानीकतामा भरोसा र आत्मबल बढेको देखिँदैन। सरकार गठनको चौमास बितिसकेको छ। गत चैतको १२ गते २९५० अंकमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ सय ६५ तल झरेको छ। त्यसबेला ५० खर्ब ९ अर्बमा रहेको सेयर बजार पुँजीकरणमा लगभग ४ खर्बले गिरावट आएको छ। यसैबीचमा बजेट र मौद्रिक नीति आए तर व्यवसायी र उद्योगपतिमाथि सरकारको धरपक्कड बढिरह्यो। व्यावसायी पक्रने र सम्पत्ति छानबिनको डन्डा चलिरह्यो। सेयर बजारले उँधो गति