जनकपुरधाम : मधेस प्रदेशका ८ वटै जिल्लामा विरोध प्रदर्शन, हिंसात्मक क्रियाकलाप र झडपका घटना भइरहेका छन्। शान्ति–सुरक्षा कायम गर्न स्थानीय प्रशासनले शुक्रबारसम्म जनकपुर र सिरहामा कर्फ्यु लगाएको थियो। शनिबारदेखि निषेधाज्ञा जारी गरेको छ। यहाँका सडकमा सेनाको व्यापक उपस्थिति छ। दुई समुदायबीचको असमझदारीका कारण फैलिएको हिंसा र द्वन्द्वले समाजमा भय, त्रास र डरको माहौल सिर्जना गरेको छ।विद्यालय जाने बालबालिकाहरू घरभित्रै थुनिन बाध्य छन्। उद्योग–व्यवसाय ठप्प छन् भने विकास–निर्माणका सम