काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेँलोपुल नजिक शनिबार राति भएको आगलागीबाट एक काठ गोदामसहित १४ वटा व्यवसायिक सटरमा क्षति पुगेको छ भने आगलागीमा एक जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राति करिब ९ः१५ बजे रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम तथा त्यससँगै रहेका व्यवसायिक सटरमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक