दोलखा : १८ वर्षको उमेरमा भरियाका रूपमा हिमाल टेक्न सुरु गरेका दोलखा गौरीशंकर–९ बेदिङका विश्वकीर्तिमानी पर्वतारोही किलि पेम्बा शेर्पा (किलु) अब कहिल्यै आफ्नो गाउँ फर्किने छैनन्। पाकिस्तानस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी उनले सदाका लागि बिदा लिएका छन्।किलि पेम्बाको शव शुक्रबार फेला परेको उनका काका तथा वरिष्ठ हिमआरोही दावाछिरी शेर्पाले जानकारी दिएका छन्। सोही दुर्घटनामा अर्का नेपाली आरोही पुरबहादुर गुरुङ (युक्ता) को पनि शव फेला परेको विवरण सार्वजनि