काठमाडौं : नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मौज्दात रहेको दाबी गरिरहेकै बेला बजारमा १० दिनदेखि ग्यास अभाव देखिएको छ।निगमले आपूर्तिमा समस्या नरहेको जनाएको भए पनि डिपो सञ्चालकहरूले उद्योगबाट ग्यास नै नआएको बताएका छन्, जसले आपूर्ति व्यवस्थापनमा उद्योगीसँगको सम्भावित मिलेमतोबारे प्रश्न उठाएको छ।नेपाल ग्यास कम्पनीको डिपो सञ्चालन गर्नुभएका ललितपुर बोलढोकाका सञ्चालकले १० दिनदेखि उद्योगले ग्यास नदिएको बताएका छन्। बजारमा ग्यास अभाव सिर्जना गराउँदा उद्योगीलाई आपूर्ति स