काठमाडौं : नेपाल वायुसेवा निगममा नयाँ नेतृत्व आएपछि सुरु भएको सुशासन र संस्थागत सुधार अभियानले छोटो समयमै सकारात्मक परिणाम दिन थालेको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता र व्यावसायिक दृष्टिकोणलाई प्राथमिकतामा राखिएसँगै निगमको आम्दानी, सिट उपयोगिता तथा सञ्चालन व्यवस्थापनमा उल्लेखनीय सुधार देखिएको हो।गत जेठ ५ गते खुला प्रतिस्पर्धाबाट छनोट भएका पाँच जना स्वतन्त्र सञ्चालक तथा मन्त्रालयका दुई प्रतिनिधिसहित निगममा सात सदस्यीय सञ्चालक समिति गठन गरिएको थियो। त्यसपछि असार ३० गते मन्त्रिपरिषद