करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, दैनिक १ लाखदेखि पाक्षिक १० लाखसम्म उपहार

  • शनिबार १६ साउन २०८३ ०४:१४ PM
काठमाण्डु – आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ । शनिबार सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो । विभागका उपमहानिर्देशक जनकराज शर्माका अनुसार साउन १ गतेयता १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान तथा भ्याट