अम्मान । मध्यपूर्वका धेरै राजधानीमा रहेका अमेरिकी दूतावासहरूले अमेरिकी नागरिकहरूलाई क्षेत्रीय द्वन्द्वमा ‘अनपेक्षित तीव्रता’ बढ्न सक्नेबारे सचेत गराउँदै त्यहाँबाट प्रस्थान गर्न तयार रहन आग्रह गरेका छन् । ‘क्षेत्रमा रहेका अमेरिकीहरूले प्रस्थान गने सोच बनाइराख्नुपर्छ वा युद्धको तीव्रता बढेमा प्रस्थान गर्न तयार रहनुपर्छ,’ सुरक्षा सतर्कतामा भनिएको छ । अम्मान, जेरुसेलम, मस्कट, बगदाद र बेरुतस्थित अमेरिकी मिसनहरूले