दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् । पुल्चोकमा आयोजित ग्राण्ड फिनालेमा उनलाई मिस नेपाल वर्ल्ड घोषणा गरिएको हो । आर्या निशांत मिस नेपाल इन्टरनेशनल र कशिश सुब्बा मिस नेपाल कोस्मो घोषित भए । ढकालले यसअघि मिस नेपाल हङकङ इन्टरनेशनलको उपाधि पनि जितेकी थिइन् ।