नेपाली सेनाको हेलिकोप्टरबाट गणेश यादवको शव गाउँ ल्याइयो

  • शनिबार १६ साउन २०८३ ०९:०० PM
सिरहा : सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनमा गोली लागेर मृत्यु भएका १६ वर्षीय गणेश यादवको शव घर पुर्‍याइएको छ।सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीस्थित घरमा शनिबार साँझ ६:२५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत शव पुर्‍याइएको हो।घरपरिवारले हिन्दू परम्पराअनुसार आजै गणेशको दाहसंस्कार गर्ने तयारी गरेका छन्। दाहसंस्कार पूर्वका विधि पूरा गरेपछि शवलाई गागन खोलाको किनारमा अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन्।