मिस नेपालको उपाधि दीपमालालाई

  • शनिबार १६ साउन २०८३ ०२:१८ PM
काठमाण्डु – मिस नेपालको उपाधि दीपमाला ढकालले जितेकी छन् । पुल्चोकमा आयोजित ग्राण्ड फिनालेमा उनलाई मिस नेपाल वर्ल्ड घोषणा गरिएको छ । आर्या निशांत मिस नेपाल इन्टरनेशनल र कशिश सुब्बा मिस नेपाल कोस्मो घोषित भए । ढकालले यसअघि मिस नेपाल हङकङ इन्टरनेशनलको उपाधि पनि जितेकी थिइन् ।