करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

  • शनिबार १६ साउन २०८३ ०३:०५ PM
काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आह्वान गरेको छ । शनिबार एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्तालाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो । विभागका उपमहानिर्देशक एवं सह–सचिव जनकराज शर्माका अनुसार १ साउनयता १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान