काठमाडौँ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा सबै क्षत्रमा चलिरहेको युद्ध यथाशीघ्र रोक्नुपर्ने बताएका छन्। यस क्षत्रमा युद्धको अन्त्य भइ दिगो शान्ति स्थापना हुनुपर्ने र होर्मुज र बाब अल–मन्डबको जलमार्गमा र वरपरका अन्तरराष्ट्रिय आवागमन अधिकार र स्वतन्त्रताहरू पूर्णरूपमा पुनःस्थापित हुनुपर्ने बताउँदै गुटेरेसले कूटनीतिक उपाय नै विजयीको विश्वासिलो माध्यम हुनुपर्ने बताएका छन्। खाडीमा सैन्य वृद्धि भएको छ महिना भइसकेको बताउँदै क्षेत्रीय द्वन्द्वको रूपमा सुरु भएको यो युद्ध विश्वव्यापी अस्थिरताको चालक बनिरहेको उनले चेतावनी दिए। संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेरेसले होर्मुजको जलमार्गबाट हुने व्यापार ध्वस्त भएको, ऊर्जा बजार उक्लिएको, खाद्यान्न र मलको मूल्य बढेको र आपूर्ति श्रृङ्खलामा कमी आएको उल्लेख गरे। द्वन्द्वका कारण विश्वभर खाद्यान्न लगायतका आधारभूत सामग्रीको आयातमा कमजोर देशहरू अझै कमजोर बनिरहेको गुटेरेसले उल्लेख गरे । विश्व खाद्य कार्यक्रमले ४५ करोड मानिसहरूले द्वन्द्वको परिणाम स्वरूप तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको चेतावनी दिँदै बढ्दो मूल्य वृद्धिले लाखौँलाई फेरि गरिबीमा धकेल्ने खतरा बढेको जनाएको छ । उनले हमासलाई आफ्नो हतियार त्याग्न र इजरायललाई गाजाबाट आफ्नो सेना फिर्ता लिनका लागि सम्झौताको अमेरिकी