वीरगन्जको रानीघाटमा टायर बालेर प्रदर्शन गर्ने ४ युवक पक्राउ

  • शनिबार १६ साउन २०८३ ०८:०० PM
वीरगन्ज : वीरगन्जमा टायर बालेर विरोध प्रदर्शन गरेका ४ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरी घटनाको विषयलाई लिएर वीरगन्जमा पनि दिनहुँ प्रदर्शन हुँदै आएको छ। वीरगन्जको रानीघाटमा शनिबार बिहान सडकमै टायर बालेर प्रदर्शन गरिरहेका ४ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सडकमा टायर बालेर हुलदंगा गरिरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अन