पार्टीको मत र सिट खुम्चिएको गम्भीर परिस्थितिमा पार्टी एकता अत्यन्तै जरुरी छ: एनपी साउद

  • शनिबार १६ साउन २०८३ ०८:०० PM
काठमाडौं : नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता एनपी साउदले पार्टीलाई एकताबद्ध बनाउन वर्तमान पार्टी नेतृत्वले लचकता देखाउनु जरुरी रहेको बताएका छन्। शनिबार संस्थापनइतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता साउदले राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएको भन्दै वार्ता र संवादको माध्यमबाट सहमतिमा पुग्न सकिने प्रशस्त सम्भावनाहरू रहेको बताएका हुन्। यसका लागि वर्तमान पार्टी नेतृत्वले लचकता देखाउनु जरुरी रहेको उनको भनाइ छ।उनले संस्थापन पक्षसँग अनौपचारिक छलफलहरू भए पनि