काठमाडौं। मिस नेपाल–२०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले जितेकी छन् । ललितपुरको पुलचोकस्थित द प्लाजामा शनिवार आयोजित ग्राण्ड फिनालेमा उनले प्रतिस्पर्धीहरूलाई पछि पार्दै ‘मिस नेपाल वर्ल्ड–२०२६’ को ताज आफ्नो नाममा लेखाएकी हुन् । देशकै सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने मिस नेपालमा यस वर्ष देश–विदेशबाट छनोट भएका २४ जना फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । अन्तिम