वीरगन्ज : बाराको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा नाकास्थित सशस्त्र प्रहरी बल (प्रस्तावित) सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्र थापाको नाममा तस्करसगँ एक लाख रुपैयाँ लिएको आरोपसहितको भिडियो सार्वजनिक भएको छ।उक्त गुल्म मातहतको नीलकण्ठवा सीमास्थित सशस्त्र प्रहरी बलको अस्थायी बोर्डर आउट पोस्टका इन्चार्ज सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) केवश रानालाई एक तस्करले तस्करीको लाइन खोल्नका लागि डीएसपीलाई दिएको १ लाख रुपैयाँ फिर्ता नगरे बाँधेर लैजाने धम्की दिएको