धार्मिक झडप रोक्ने पहिलो जिम्मेवारी : समाज र स्थानीय सरकारको

  • शनिबार १६ साउन २०८३ ०६:०१ PM
नेपालको धार्मिक सहअस्तित्व केवल संविधान, कानुन वा राष्ट्रिय भाषणबाट बनेको होइन । यसको वास्तविक आधार गाउँ, टोल, बजार, विद्यालय, धार्मिकस्थल, पारिवारिक सम्बन्ध र दैनिक सामाजिक सहकार्य हो । हिन्दू, मुस्लिम, बौद्ध, किराँत, इसाई तथा अन्य समुदायका नागरिकले एउटै बजारमा व्यापार गर्छन्, एउटै विद्यालयमा पढ्छन्, एकअर्काका सामाजिक दुःख–सुखमा सहभागी हुन्छन् र सार्वजनिक स्रोतहरू साझा गर्छन् । त्यसैले धार्मिक सद्भाव राष्ट्रिय अवधारणा भए पनि यसको संरक्षण सबैभन्दा पहिले स्थानीय समाजमै हुन्छ ।सुनसरीबाट सुरु