‘ब्रोड पिक’ घटनाका मृतकप्रति प्रधानमन्त्रीको श्रद्धाञ्जलि, ‘निर्मल पुर्जाको साहस प्रेरणाको स्रोत’

  • शनिबार १६ साउन २०८३ ११:३० AM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० जना आरोहीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत श्रद्धाञ्जलि सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय