श्रद्धाञ्जली दिँदै प्रधानमन्त्रीले भने- दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, इतिहास जीवित रहिरहने छ

  • शनिबार १६ साउन २०८३ १२:०३ PM
प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ‘ब्रोड पिक’मा ज्यान गुमाएका निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको निधनप्रति दुःख व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै प्रधानमन्त्री शाहले आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको बताएका छन् । उनले भनेका छन्, ‘विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित