सिभिल इन्जिनियरिङ ल्याबरेटोरी एशोसिएसन अफ नेपालको पहिलो अधिबेशन सम्पन्न 

  • शनिबार १६ साउन २०८३ ०५:०७ PM
काठमाडौं । देशभरि क्रियाशिल सिभिल इन्जिनियरिङ ल्याबरेटरीहरुको छाता संस्थाको रुपमा स्थापना गरिएको सिभिल इन्जिनियरिङ ल्याबरेटोरी एशोसिएसन अफ नेपाल (सिइएलएएन) को प्रथम राष्ट्रिय भेला तथा वार्षिक साधारण सभा एंव अधिबेशन शनिबार सम्वन्न भएको छ । काठमाडौंको तीनकुनेमा रहेको सिद्धार्थ कटेजमा भएको सो सभाले संस्थाको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ ।  सभाका प्रमुख अथिति तथा सोइल टेष्ट प्रालिका महेन्द्रबहादुर कार्कीले क्यालिब्रेशन गर्ने कार्यमा आई पर्ने समस्या र समधानकालागि आप्mनो तर्फबाट गर्नु पर्ने हर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले संस्था स्थापना गर्नु ठूलो कुरा नभएको तर संस्थाको उदेश्य र देश विकासको कार्यमा पु¥याउने सेवा र सहयोग नै महत्वपूर्ण रहेको बताएका छन् । उने यो पेशा पनि एक प्रकारको सेवामुलक भएकाले देश विकासको कार्यमा सरकारसंग हातेमालो गरेर अघि बढ्ने र सम्बन्धीत लक्षित वर्गको हितकालागि अघि बढ्न सुझाव दिएका छन् । सो कार्यक्रममा ल्याबका सामान वितरक बिभिन्न ईन्टरप्रईजेज, नीति क्षेत्रबाट संचालित सिभिल इन्जिनियरिङ्ग ल्याबोरेटोरीका संचालक तथा विभिन्न पदाधिकारीका साथै अन्य प्रतिनिधिहरुको सहभागीतामा रहेको थियो । सहगागीहरुले संस्थाको विकास र प्रगतीको कामना समेत गरेका थिए ।  सोही अधिबशेनमा संस्थाको आर्थिक बर्ष २०८२/०८३ को आर्थिक प्रतिबेदन र आर्थिक बर्ष २०८३/०८४ को अनुमानित प्रतिबेदन तथा कार्यक्रम समेत पेश गरिएको थियो । सिल्यानका महासचिब अभिमन्यू हुँमागाईले नीजी क्षेत्रबाट संचालित सिभिल इनिजनियरिङ्ग ल्यावहरुलाई एकिकृत गर्दै व्यवसायमा देखिएका बिद्यमान समस्याहरु समाधान गरि व्यवसायलाई अघि बढाउने प्रतिबेदन सार्वजनिक गरेका थिए । उनले एकरुपता, स्वस्थ प्रतिस्प्रधा, गुणस्तरीय एकरुपता प्रदान गर्ने प्रयासलाई मुर्त रुप प्रदान गर्न एकजुटको लामो आवश्यकता महसुज भएको घटनालाई संयोगका रुपमा ठोस कदम चालिने कार्यक्रम समाबेश गरिएको बताएका छन् । उनले २०८१ साल भदौं ११ गते राम शरण देउजाको संयोजत्वमा अभिमन्यू हुमागाई, गुरु अधिकारी, विज्ञानेश्वर माकजूू, राजन महर्जनको उपस्थितिमा सुरुवात बैठक बसि सस्था गठन गर्ने निर्णय गरिएको बताएका छन् । सोही बैठकपछि २०८१ साल असोज ७ गते राम शरण देउजाको संयोजत्वमा अभिमन्यू हुमागाई, गुरु अधिकारी, सागर बिक्रम थापा, बिज्ञानेश्वर माकजू, राजन महर्जन, शिवहरी सिलवाल, राजबि कापर, टंक खड्काको उपस्थितिमा संस्थाको तदर्थ समिति गठन गरिएको थियो । भने अहिले सोही समितिले संस्थाको पहिलो अधिबेशन सम्पन्न गरेको बताइएको छ ।  सो संस्थाको कानुनी पक्षलाई  अधिवक्ता शिबराम तिमलसीनाले तयार पारि प्रबन्ध पत्र र नियमावलीलाई सर्बसम्मत रुपमा पारित गरिएको थियो  । अधिवक्ता शिबराम तिमलसीनालाई संस्थाले कानुनी सल्लाकारको स्पमा सर्बसम्मत नियुक्ती गरिएको समेत बताएका छ । संस्थापक अध्यक्ष  देउजाको अध्यक्षतामा तर्दथ कमित गठन गरी प्रति सदस्य ५ हजार रुपैयाँका दरले तर्दथ समितीका सदस्यबाट जम्मा ४५ हजार रुपैयाँबाट सांस्थाको कार्यक्रम सूरुचारु गरिएको समेत उनले बताएका छन् । ४५ हजार रुपैयाँबाट सुरु भएको सांस्थाको यात्रमा आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रतिबेदन र आर्थिक बर्ष २०८३/०८४ को अनुमानित आय व्यय प्रतिवेदन तथा कार्यक्रम समेत सो साधारण सभामा पेश गरिएको थियो । नेपाल निर्माण व्यवसायी महासघका पूर्ब महासचिव समेत रहेका देउजाको अध्यक्षतामा संस्थाको बिधिवत दर्ता गरि संस्थाको उदेश्य अनुसार काम कारबाही गरिदै आएको बताइएको छ । उनले भौतिक पूर्बाधार निर्माण उद्योगको सबैभन्दा महत्वपूर्ण पक्ष गुणस्तर परिक्षण कार्यमा संम्लग्न्न निजी सिभिल इन्जिनियरिं ल्याबेरोटरीको ब्याबसायिक क्षमता अभिवृद्धि, ब्याबसायिक हकहित, नियमन र अनुगमन एवम यस ब्यबसाय सम्बन्धि कानुन तर्जुमा गर्नका लागि ब्यबसायीहरुबिच एकता कायम गर्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको जनाइएको छ । सोही सभामा संस्थाका कोषध्यक्ष राजन महर्जनले आर्थिक वर्ष २०८१/०८२ र ०८२/०८३ को आय व्यय समेत सार्वजनिक गरेका थिए । सो प्रस्तुत प्रतिबेदनका अनुसार आर्थिक वर्ष ०८१/८२ मा सदस्यता शुल्का वापत १ लाख ५० हजार रुपैयाँमा आम्दानी भएको बताइएको छ भने अर्थिक वर्ष २०८२÷/८३ मा सदस्यता शुल्क ३ लाख ५० हजार, नविकरण शु्ल्क ७७ हजार, क्यालिब्रेशन वापत १५ लाख ६५ हजार ५४९ रुपैयाँ, क्यालिब्रेशन सेन्टर विस्तार तथा प्रमाणिकरणको लागि ऋण आम्दानी ३ लाख १० हजार, अन्य खर्चबाट २९ हजार ९६० रुपैयाँ गरि कुल ५० लाख ७७ हजार ५ सय रुपैयाँ आम्दानी भएको जनाइएको छ । संस्थाले आर्थिक वर्ष २०८३/८४ कालागि कुल ८४ लाख ८२ हजार ८७० रुपैयाँको आम्दानी हुने अनुमानीत बजेट समेत सार्वजनिक गरिएको छ ।