प्रदेश सरकारको कार्यक्रमले त्रिपुरासुन्दरीमा व्यावसायिक भैंसीपालन फस्टाउँदै

  • शनिबार १६ साउन २०८३ ०५:०१ PM
धादिङ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ मा सञ्चालन भइरहेको बागमती प्रदेश सरकारको ‘एक वडा-एक कृषि उत्पादन’ कार्यक्रमले स्थानीय किसानलाई व्यावसायिक भैंसीपालनतर्फ आकर्षित गर्दै ग्रामीण अर्थतन्त्रलाई नयाँ गति दिएको छ। अनुदान, प्रविधि, तालिम र बीमासहितको एकीकृत सहयोगका कारण किसानको आम्दानी वृद्धि, दूध उत्पादन विस्तार तथा गाउँमै रोजगारी सिर्जनामा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।पशु सेवा कार्यालय धादिङ र त्रिपुरेश्वर भैंसी प्रवर्द्धन कृषक समूहको साझेदारीमा सञ्चालित कार्यक्रमअन्तर्गत