काठमाण्डु – परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याउन लागिएको जनाएको छ । उत्तरी कुबेतमा बिहीबार भएको आक्रमणमा परी निधन भएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर शनिबार कुबेत एयरवेजमार्फत नेपाल ल्याउन लागिएको हो । यस दु:खद् घटनाप्रति मन्त्रालयले दु:ख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट