धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गरी त्यसविरुद्ध तयारी अवस्थामा रहन सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । शनिबार बिहान धनगढीस्थित मुख्यमन्त्री निवासमा समसामयिक सुरक्षास्थिति र विपद् व्यवस्थापनका विषयमा सुरक्षा निकायसँगको बैठकमा उनले सम्भावित चुनौतीको मिलेर सामना गर्नुपर्ने बताए । मुख्यमन्त्री शाहले सुनसरीसहित तराई–मधेशका जिल्लामा भइरहेका