काठमाडौं । सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको आजै दाहसंस्कार गरिने भएको छ । गृहमन्त्री सुधन गुरुङसँग भएको सहमतिपछि परिवारले अन्त्येष्टिको तयारी अघि बढाएको हो । औरही गाउँपालिका–२ तुलसियाही निवासी रामवृक्ष यादवका छोरा गणेशको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको थियो । घटनापछि परिवारले विभिन्न माग राख्दै