काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीले साउन महिनाको शनिबार पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजा, आराधना तथा दर्शन गरेकी छन् । पशुपति क्षेत्र विकास कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमका अनुसार शेट्टीले आज बिहान दुई हजार १०० रुपैयाँ दरका नौ वटा रसिद काटेर पञ्चामृत पूजा सम्पन्न गरेकी हुन् । उनका अनुसार शेट्टी आज बिहान दर्शनार्थीका रूपमा पशुपतिनाथ