सामाजिक सद्भाव भाँड्न खोज्ने ४ जना पक्राउ

  • शनिबार १६ साउन २०८३ १०:२३ AM
सामाजिक सद्भाव खल्बल्याएको अभियोगमा पर्साबाट चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उनीहरूलाई वीरगञ्ज महानगरपालिका–११ रानीघाटबाट पक्राउ गरिएको हो। उनीहरूले नगरक्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए। प्रहरीले साम्प्रदायिक सद्भाव बिग्रने गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गर्दै त्यसो गरेमा कडा कारबाही हुने चेतावनी पनि दिएको