कुवेत आक्रमणमा परी निधन भएका तामाङको शव स्वदेश ल्याइँदै

  • शनिबार १६ साउन २०८३ १०:४१ AM
परराष्ट्र मन्त्रालयले कुवेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याउन लागिएको जनाएको छ । उत्तरी कुवेतमा बिहीबार भएको आक्रमणमा परी निधन भएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेजमार्फत नेपाल ल्याउन लागिएको हो। यस दु:खद् घटनाप्रति मन्त्रालयले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।