केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकारहरूको पुनर्गठन प्रक्रिया सुरु भएको छ । कर्णाली प्रदेशमा सरकार परिवर्तन भइसकेको छ भने बागमती र सुदूरपश्चिम प्रदेशमा पनि सरकार परिवर्तनको तयारी भइरहेको छ । तर, कोशी प्रदेशमा भने सरकार परिवर्तनको समय र नेतृत्वबारे अझै स्पष्टता आउन सकेको छैन । केन्द्रमा