नेपाली कांग्रेसको इतर समूहले राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। शनिबार एक पत्रकार सम्मेलनमार्फत डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको हाे। समितिमा पार्टीका १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारीहरू, महानगर तथा नगर सभापतिहरू समावेश गरिएको नेता मिन