कुवेतमा भएको आक्रमणमा परी निधन भएका नेपालीको शव स्वदेश ल्याइँदै

  • शनिबार १६ साउन २०८३ ०३:०१ PM
उत्तरी कुवेतमा गत बिहीबार भएको आक्रमणमा परी निधन भएका तेह्रथुमका सोमकुमार तामाङको शव आज कुवेत एयरवेजमार्फत नेपाल ल्याइँदैछ।कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी शव स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको हो।घटनाप्रति सरकारले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।