कुवेतमा भएको आक्रमणमा परी निधन भएका तामाङको शव नेपाल ल्याइँदै

  • शनिबार १६ साउन २०८३ ०३:०१ PM
काठमाडौं : कुवेतमा गत बिहीबार भएको आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव आज नेपाल ल्याइँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार तेह्रथुम निवासी तामाङ पार्थिव शरीर आज कुवेत एयरवेजमार्फत नेपाल ल्याइँदैछ।कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ।मन्त्रालयले नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।