सामाजिक सद्भाव संकटमा : राष्ट्रिय सहमति, सरकारको जवाफदेहिता र जनसहभागिताको अपरिहार्यता

  • शनिबार १६ साउन २०८३ ०३:०१ PM
सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रबाट सुरु भएको जातीय तथा धार्मिक तनाव अब एउटा स्थानीय घटनामा मात्र सीमित देखिँदैन। मधेशका विभिन्न स्थानमा विरोध प्रदर्शन, जुलुस, प्रतिजुलुस तथा उत्तेजनापूर्ण गतिविधिहरू देखिएका छन्। केही स्थानमा हिंसा, आगजनी, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति र समुदायबीच अविश्वास बढाउने घटनाले परिस्थिति थप संवेदनशील बनेको छ। अहिले तनावको प्रभाव सिराहासम्म देखिन थालेको छ भने मधेशका अन्य जिल्लामा पनि यसको असर फैलिन सक्ने चिन्ता बढिरहेको छ।नेपाल बहुजातीय, बहुभाषिक, बहुधार