कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि गठन भयो ५५१ सदस्यीय मूल आयोजक समिति

  • शनिबार १६ साउन २०८३ ०३:०१ PM
काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। शनिबार सो समूहको सम्पर्क कार्यालय चूनदेवीमा पत्रकार सम्मेलन गर्दै कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको जनाएको हो। मूल आयोजक समितिसहित १६ वटा विभिन्न उपसमिति पनि बनाइएको नेता कोइरालाले जानकारी दिए।हरेक चुनौतीमा सामना गर्न सक्ने वैचारिक, नीतिगत एवं संगठन, संगठनात्मक दृष्टिले नयाँ र स्पष्ट कार्यदिशा सहित पार्टीलाई सबल र सक्षम बनाउने उद्देश्यले भेला