सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका युवकको मृत्यु

  • शनिबार १६ साउन २०८३ ०८:३३ AM
कञ्चनपुर– कञ्चनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसको भवनबाट हाम फालेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। शनिबार बिहान महेन्द्रनगरस्थित विश्वविद्यालयको तीनतले भवनको छतबाट हाम फालेका वेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्की गम्भीर घाइते थिए । कार्कीलाई तत्काल महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएकोमा