काठमाडौं । तराईका विभिन्न जिल्लाहरूमा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिवार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेका छन् । गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी समूहका प्रतिनिधिहरूसँग छलफल अगाडि बढाएका हुन् । गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई युवकको मृत्यु भएपछि तराईका जिल्लाहरूमा प्रदर्शन