काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमका रुपमा लिन नहुने बताएका छन्। पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शनिबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै सभापति थापाले जनसेवाको रूपमा राजनीतिलाई लिनुपर्नै बताएका हुन्। राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमको रूपमा नभई सार्वजनिक र मानव सेवाको सबैभन्दा ठूलो रूप मान्नुपर्ने उनले बताए।