काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ (उत्कृष्ट सेवा सम्मान) बाट सम्मानित गरेको छ । नेपाल र भियतनामबिचको कूटनीतिक, व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्रालयले श्रेष्ठलाई प्रशंसा पत्रसहित सम्मान गरेको हो । भियतनामको वैदेशिक सेवामा पुर्याएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन