काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ (उत्कृष्ट सेवा सम्मानप्रदान गरेको छ । नेपाल र भियतनामबीचको कूटनीतिक, व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भियतनाम सरकारले श्रेष्ठलाई प्रशंसापत्रसहित सम्मान गरेको हो । भियतनामको वैदेशिक सेवामा पुर्याएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै प्रदान