आख्यानकार नारायण तिवारी नेपाली साहित्यमा सुपरिचित नाम हो। उनको जन्म २०११ पुस २९ गते सुनसरी जिल्लाको सीतागन्ज गाउँमा भएको हो। उनको लेखनको सुरुवात भने पहिले कविताबाट नै भएको देखिन्छ। २०३३ जेठ ९ गतेको संरक्षक साप्ताहिकमा, ‘केवल रित्तो संसार छ’ शीर्षकको कविताबाट लेखन क्षेत्रमा उदाएका हुन् उनी। लगत्तै फागुन ११ गतेको मातृभूमि साप्ताहिकमा, ‘परिणाम केवल शून्य’ शीर्षकको उनको कथा छापिएको हो। उनको कथा लेखनले आधा शताब्दी नाघिसकेको छ।हालसम्म पनि उनी निरन्तर कथा लेखनमा सक्रिय रूपले आफ्