मैदानमा बगेको पसिनालाई घामले सुकाउँछ, तर जब त्यही पसिनालाई कलमको मसीले कागजमा कोर्छ, तब त्यो अमिट इतिहास बन्छ। खेलका अंकतालिका र हार–जितको परिणामभन्दा पर गएर खेलाडीका स्पन्दन छाम्ने तथा समग्र नेपाली खेलकुदको जीवन्त अभिलेख राख्ने सीमित नामहरूको अग्रपंक्तिमा आउँछ— विष्णु थापा।दुई दशक लामो खेल–पत्रकारिताको यात्रामा उनी केवल समाचार कक्षमा बसेर नतिजा पस्कने रंगमञ्चका साक्षीमात्र बनेनन्। मैदानभित्रको जादुमयी प्रदर्शन होस् वा मैदानबाहिर खेलाडीले भोगेका अभाव, संघर्ष र सपनाका उकाली&ndas