लालटिन, अत्याधुनिक चीनको चर

  • शनिबार १६ साउन २०८३ ०१:०१ PM
वैभवशाली चीन देखेर जोकोही चकित पर्छ। गगनचुम्बी महलसहितका सहरदेखि कुनाकन्दरासम्म फराकिला सडकदेखि तीव्र गतिका रेलमार्ग चीनका लागि सामान्य भइसके। विशाल नदीमाथि अग्लाअग्ला पुलले अचम्मित बनाउँछन्। चीन एक्लै अन्तरिक्षको नम्बर १ खेलाडी हुँदैछ। चीन विकासको चरम बिन्दुमा छ। चिनियाँहरू धनले मात्रै सम्पन्न होइन, शिक्षा, स्वास्थ्य र चेतनामा पनि अब्बल छन्। जहाँ करिब डेढ अर्ब जनसंख्या गरिबीबाट मुक्त भइसकेको छ। हावा, पानी, सौर्य र परमाणुसहितको बिजुलीले उज्यालिएको छ, पूरै देश। कुनै बेला गरिबीका कारण कन्दमुलले पे