रैथाने ज्ञान, सभ्यताको प्राण

  • शनिबार १६ साउन २०८३ ०१:०१ PM
नेपाल भौगोलिक दृष्टिकोणले मात्र होइन, सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताका दृष्टिले पनि विश्व मानचित्रमा अद्वितीय छ। २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा १ सय ४२ जाति, समुदाय र १ सय २४ भन्दा बढी मातृभाषा अस्तित्वमा छन्। यी विविधता केवल जनसांख्यिकीय तथ्यांक मात्र होइनन्; यी त शताब्दीयौंदेखि नेपाली समाजमा अविरल प्रवाह हुँदै आएका रैथाने ज्ञान, सीपकला, साहित्य, दर्शन, संगीत, खानपान, उपचार पद्धति र सामाजिक अनुष्ठानका जीवित पुञ्जहरू हुन्।नेपाली समाजको यो विशाल अभौतिक सांस्कृतिक सम्पदाको भण्ड