मधेसमा फर्किंदै छ शान्ति, कर्फ्यु र निषेधाज्ञा खुकुलो

  • शनिबार १६ साउन २०८३ ०६:४० AM
काठमाण्डु– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउनमा दुई समुदायबीचको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाएको घटनालाई लिएर मधेसका जिल्लाहरुमा उत्पन्न तनाव क्रमशः मत्थर हुँदै गएको छ । तनाव कम हुँदै गएपछि जनजीवन सामान्य हुन थालेको छ । वातावरण अशान्त भएपछि स्थानीय प्रशासनले सुनसरी, सिहार र धनुषामा लगाएको कर्फ्यु र निषेधाज्ञा केही खुकुलो बनाएको छ ।