बजारमा ग्यासको कृत्रिम अभाव रोक्न आजदेखि टेकुबाट ग्यास वितरण, आवश्यकताअनुसार मात्रै खरिद गर्न अनुरोध

  • शनिबार १६ साउन २०८३ ०६:२५ AM
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति सहज बनाउन नयाँ व्यवस्था लागू गरेको छ । निगमले बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिन र उपभोक्ताले सजिलै ग्यास पाउने वातावरण बनाउन वितरण प्रणाली थप व्यवस्थित बनाएको जनाएको छ । निगमका अनुसार अहिले दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहेको छ