शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि उम्मेदवारको नामावली सार्वजनिक, को छन् बलिया प्रतिस्पर्धी ?

  • शनिबार १६ साउन २०८३ ११:०९ AM
शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष, सदस्य र महिला सदस्य पदमा नियुक्तिका लागि सिफारिस समितिले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । शिक्षा ऐन, २०२८ को दफा ११ ‘ग’ बमोजिम योग्यता पुगेका उम्मेदवारको दरखास्त स्वीकृत गर्दै आयोगले नामावली प्रकाशन गरेको हो । आयोगको अध्यक्ष पदका लागि छ जना र सदस्य पदका लागि २८ जनाको दरखास्त स्वीकृत भएको छ । त्यस्तै, महिला सदस्यका लागि ५ जनाको नाम स्वीकृत भएको छ । अध्यक्ष पदका लागि बहालवाला एक सचिवसहित छ जना प्रतिस्पर्धामा आयोगको सर्वोच्च पद ‘अध्यक्ष’ का लागि छ जना विशिष्ट व्यक्तिबिच प्रतिस्पर्धा हुने देखिएको छ । स्वीकृत नामावली अनुसार एक जना बहालवाला नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव हुन् भने बाँकी पाँच जना पूर्व सचिव हुन् । बहालवाला सचिवमा सङ्घीय संसद् सचिवालयमा कार्यरत सचिव डा