सद्भाव र्‍याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

  • शनिबार १६ साउन २०८३ ०५:२३ AM
काठमाडौं । सुनसरी र सिरहामा भएका घटनाका दोषीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ । जनकपुरधाममा आयोजित सद्भाव र्‍याली समापन भए लगत्तै युवाहरूको एक समूहले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो । नगरमा आयोजित सद्भाव र्‍याली विसर्जन भए लगत्तै स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूले विरोध प्रदर्शन शुरु गरेका थिए